
१८ माघ, काठमाडौं। मधेस केन्द्रित आठ दलको आज बसेको बैठकले मोर्चाको दस्तावेजको मस्यौदा बनाउने निर्णय गरेको छ ।
आज आठ दलीय मोर्चाको कार्यदलको लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘कार्यदलका सबै सदस्य उपस्थित बैठकले मोर्चा बनाउने कार्यको निम्ति दस्तावेजको ड्राफ्ट तैयार गर्ने निष्कर्ष निकालेको छ,’ राष्ट्रिउ मुक्ति पार्टीका नेता केशव झाले भने,‘मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहिता लेखनको निम्ति सदस्यहरुलाई भनिएको छ। छिट्टै ड्राफ्ट तयार गरि कार्यदलको अर्को बैठक गर्ने निर्णय गरिएको छ ।’
आठ दलमा जसपा, जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तमलोपा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

