बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा, कसको कति ?

२१ साउन, काठमाडौं । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ भने माछापुच्छ्रे बैंकको नाफा सबैभन्दा कम १ अर्ब २५ करोड रुपैयाँ छ ।

१० बैंकको नाफा बढेको देखिन्छ भने १० को घटेको छ । यद्यपि मर्ज तथा एक्वीजिसनका कारण केही बैंकको नाफा बढेको देखिए पनि वास्तविकतामा घटेको छ । प्रभु बैंकको नाफा वृद्धिदर सबैभन्दा उच्च छ । सो बैंकको नाफा एक वर्षकै अवधिमा १६ गुणा बढेको छ । एनआईसी एसिया बैंकको नाफा भने सबैभन्दा धेरै ६८.९ प्रतिशत घटेको छ ।

बैंकहरुको नाफा उच्च देखिए पनि वितरणयोग्य नाफा न्युन छ । पाकिसकेको साँवा, ब्याज रकम पनि समयमै उठ्न नसक्दा कतिपय बैंकको वितरणयोग्य नाफा नै ऋणात्मक छ ।

२० बैंकको औसत वितरणयोग्य नाफा १८ अर्ब ५८ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा हिमालयन, कुमारी र एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । त्यस्तै हिमालयन, कुमारी, एनआईसी एसिया र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चित नोक्सानीमा छन् ।

कुन बैंकको नाफा कति ?

बैंक नाफा २०८०, असार नाफा २०८१, असार वृद्धि/गिरावट दर
एभरेस्ट ३ अर्ब ३६ करोड ३ अर्ब ७० करोड १०.१२
एनएमबी ३ अर्ब २२ करोड २ अर्ब ३४ करोड –२७.३३
नबिल ६ अर्ब ४० करोड ७ अर्ब ६ करोड १०.३१
ग्लोबल आईएमई ६ अर्ब ६९ करोड ६ अर्ब २ करोड –१०.०१
नेपाल इन्भेस्टमेन्ट मेगा३ अर्ब ७२ करोड ५ अर्ब २० करोड ३९.७८
राष्ट्रिय वाणिज्य ३ अर्ब ६० करोड ३ अर्ब ४० करोड –५.५६
कृषि विकास १ अर्ब ३२ करोड ३ अर्ब ६६ करोड १७७.२७
प्राइम कमर्सिलय १ अर्ब ३ करोड ३ अर्ब ७७ करोड २६६.०२
प्रभु २८ करोड ४ अर्ब ४८ करोड १५००
स्ट्यान्डर्ड चार्टर्ड ३ अर्ब ४७ करोड ३ अर्ब ३१ करोड –४.६१
लक्ष्मी सनराइज २ अर्ब २९ करोड ३ अर्ब ३ करोड ३२.३१
हिमालयन १ अर्ब ५६ करोड २ अर्ब ८४ करोड ८२.०५
कुमारी ५२ करोड २ अर्ब ३१ करोड ३४४.२३
सानिमा २ अर्ब ६१ करोड २ अर्ब ३८ करोड –८.८१
नेपाल ३ अर्ब ४४ करोड १ अर्ब ६६ करोड –५१.७४
नेपाल एसबीआई १ अर्ब ९७ करोड २ अर्ब १ करोड २.०३
सिद्धार्थ ३ अर्ब १७ करोड ३ अर्ब २ करोड –४.७३
सिटिजन्स १ अर्ब ८६ करोड १ अर्ब ३४ करोड –२७.९६
माछापुच्छ्रे १ अर्ब ६३ करोड १ अर्ब २५ करोड –२३.३१
एनआईसी एसिया ४ अर्ब ४४ करोड १ अर्ब ३८ करोड –६८.९२
कुल ५६ अर्ब ५८ करोड ६४ अर्ब १६ करोड १३.४०

Leave a Reply

Your email address will not be published. Required fields are marked *