पार्टी पुँजीपतिहरूको भूलभुलैयामा पर्‍यो : प्रचण्ड

२२ साउन, विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दलाल पुँजीपतिहरूको भूलभुलैयामा परेको बताएका छन् ।

मंगलबार माओवादी केन्द्र कोशी प्रदेश समितिको सातौं बैठकमा बोल्ने क्रममा प्रचण्डले यही कारण पार्टीमा गम्भीर समस्या आएको बताएका हुन् ।

‘हाम्रो पार्टी दलाल पुँजीपति र विभिन्न गिरोहको भूलभुलैयामा पर्‍यो,’ उनले भने ‘यसले नेता र कार्यकर्तालाई प्रदूषित बनायो । अध्यक्ष भएको नाताले म यसमा आत्मालोचना गर्छु ।’

बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएका कारण पुँजीपतिहरूले पार्टीमा चलखेल गरेको प्रचण्डको भनाइ छ ।

उनले पार्टी विभाजनले पनि माओवादी आन्दोलन अर्कै मोडमा पुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *