साफ यु-२० च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालले फर्कायो गोल

९ भदौ, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले भुटानविरुद्ध गोल फर्काएको छ ।

खेलको ५६ औं मिनेटमा भुटानले अग्रता लिए पनि नेपालले ७७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको छ ।

एन्फा कम्प्लेक्समा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भुटानका लागि जेत्सुन दोर्जीले गोल गरेका थिए । नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *