सहकारी ठगीमा श्रममन्त्रीमाथि पनि कांग्रेसले उठायाे प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो नयाँ कृषि सहकारी संस्थामा निक्षेपकर्ताको ४ करोडभन्दा बढी रकम हिनामिना भएको बताए ।

‘श्रममन्त्री आर्यालले हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले ४ करोडभन्दा बढी रकम फिर्ता नपाएको विषय छ । अर्याल मात्र होइन रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिएँ । सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोरखा मिडियाका अध्यक्ष जीवी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रमन्त्री लागायतको हो भन्ने आरोप छ ,’ उनले भने ।

समस्या ग्रहस्त उक्त सहकारीको छानबिनलाई सरकारले प्रभावित पार्न खोजिएको कांग्रेस सांसद यादवको आशंका छ । ‘यो घटनाले सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने पुष्टि भएको छ । त्यसैले हामी निष्पक्ष छानबिन भनिरहेका छौँ । त्यसका लागि संसदीय छानबिन समिति भनिरहेका छौँ ,’ उनले भने । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *