बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

२५ चैत, काठमाडौं । ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ ।

१८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । पछिल्लो समय खराब लयमा रहेका बटलरलाई यो शतकले ठूलो राहत दिनेछ ।

कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए ।

बेंग्लोरका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।

राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए ।

राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ । कोलकाता ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ ।

बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *