सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन

२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेथिति, भ्रष्टाचार र अनियमितता विरुद्ध प्रदर्शन गरिएको नेविसंघ कार्यकर्ताहरुले जनाएका छन् ।

यसअघि चैत ५ गते पशुपति क्याम्पस चाबहिलका नेता–कार्यकर्ताहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको भोलिपल्ट सिंहदरबार दक्षिण गेट अगाडि उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त गरिएको विरोधमा नेविसंघले प्रदर्शन गर्दै आएको छ ।
नेपाली कांग्रेसले लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै संसदमा आवाज उठाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *