अन्तर्राष्ट्रिय

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

अन्तर्राष्ट्रिय, समाचार
२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाइ पाउनुभएको छ ।’ जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो । फैसला गर्ने न्यायाधीशहरुको रायकिताबमा जिल्लाको फैसला उल्ट्याउने विषय मात्रै उल्लेख भएको भन्दै प्रवक्ता पराजुलीले सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठमा मात्रै विस्तृत विवरण खुल्ने बताए । ‘जिल्ला अदालतमा जस्तो फैसलाको संक्षिप्त आदेश भएन, अब यसबारेको विस्तृत विवरण पूर्णपाठ आएपछि मात्रै थाहा होला’, उनले...
विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब

विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, समाचार
३० वैशाख, काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो । शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ । यस वर्ष ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् । यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो...
सोह्र देशका कर प्रशासक नेपालमा

सोह्र देशका कर प्रशासक नेपालमा

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, समाचार
काठमाडौँ, वैशाख २७ गते । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा सुरु भएको छ । राजधानीमा जारी बैठकमा एटिआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यक्रमको आयोजना गरेको हो । कर प्रणालीको निष्पक्षता, पारदर्शिता, दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको विभागले जनाएको छ । कार्यशालाका क्रममा अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेले बैठकले सदस्य मुलुकबिचको सहकार्य थप बलियो बनाउन, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्र...
अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा

अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा

अन्तर्राष्ट्रिय, समाचार, सूचना-प्रविधि
काठमाडौँ — दुई साताअघि लागू गरिएको टिकटकसम्बन्धी कानुनलाई लिएर सो भिडियो सेयरिङ एप र त्यसको प्यारेन्ट कम्पनी बाइटडान्सले अमेरिकी सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । चिनियाँ कम्पनी, बाइटडान्सले आफ्नो अमेरिकी बजारको स्वामित्व बिक्री नगरे टिकटक एपमाथि प्रतिबन्धको सामना झेल्नुपर्ने व्यवस्थासहितको सो कानुन असंवैधानिक भएको आरोप लगाएको छ । अमेरिकी कानुनविरुद्ध टिकटकले हाल्यो मुद्दा टिकटकमार्फत चीन सरकारले अमेरिकी नागरिकहरूमाथि निगरानी गर्न वा आम धारणा प्रभावित पार्न सक्ने भन्दै अमेरिकाले कि त टिकटकको स्थानीय सञ्चालन स्थानीय लगानीकर्तालाई बेच्नुपर्ने, नभए प्रतिबन्ध झेल्न नीतिगत रूपमै बाध्य पारेको छ । टिकटकले भने आफ्ना १७ करोड अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी सरकारले ‘शक्तिको असाधारण र असंवैधानिक अभ्यास’ गरेको भन्दै सो कानुनको विरोध गर्दै आएको छ । ‘टिकटक प्र...
अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

अष्ट्रेलिया अध्ययन थप महँगो, विद्यार्थीले देखाउनुपर्ने बचतमा वृद्धि

अन्तर्राष्ट्रिय, शिक्षा
२७ वैशाख, काठमाडौं । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो । शुक्रबार १० मे देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनुपर्छ । बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो । कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ । अष्ट्रेलियाकी गृह मामिला मन्...
धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

अन्तर्राष्ट्रिय, समाचार, समाज / जिवनशैली, स्वास्थ्य
इलेक्ट्रोनिक सिगरेट (भेप)को प्रयोग हाल विश्वभर नै व्यापक रुपमा भइरहेको छ । अझ युवाहरुमा यसको प्रयोग अत्याधिक छ । नेपालमा यकिन तथ्यांक नभएपनि युवाहरुमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको यथार्थ पनि हामी माझ छ । यसको सुरुवात चुरोट छुटाउने माध्यम वा सुर्तीको लतको समाधानको रुपमा भएको देखिन्छ । हाल आएर भने प्रयोगकर्ताहरुले यसलाई मनोरन्जन वा भनौं फरक पहिचानको माध्यमको रुपमा यसलाई प्रयोग गर्ने गरेको देखिन्छ । विश्व स्वास्थ्य संगठन तथा विभिन्न अनुसन्धानअनुसार यसमा सुर्तीको लत व्यवस्थापनमा उपयोगी हुने असर खासै छैन, बरु ठीक विपरीत चुरोट सेवन नगर्ने मानिसमा समेत यसले चुरोट सुरु गर्ने माध्यम (गेटवे) को रुपमा भूमिका निर्वाह गरिरहेको छ । के हो ई–सिगरेट ? यो एक प्रकारको विद्युतीय उपकरण हो, जसले तरलरूपमा रहेको सूर्तीजन्य पदार्थ र यसमा प्रयोग भएको वास्ना (फ्लेभर)लाई तताएर बाफमा परिणत गर्छ । प्रयो...
गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन

अन्तर्राष्ट्रिय, सूचना-प्रविधि
काठमाडौँ — डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्। गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन सो फिचरमा प्रयोगकर्ताले च्याटजीपीटीलाई सोधेका प्रश्नको जवाफमा विभिन्न वेबसाइटहरूको लिंकसहित विवरणहरू आउनेछन् । आवश्यक परेको खण्डमा तस्बीरसहितको जवाफ दिने गरी सर्च इन्जिन विकासको काम भइरहेको बताइएको छ । प्रयोगकर्ताले ढोकाको बिँड कसरी फेर्ने भनेर प्रश्न सोधेमा च्याटजीपीटी सर्च इन्जिनले चित्रसहित प्रतिक्रिया दिने यसमा आबद्ध एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा द बिजनेस टा...
अधुरै रह्यो पीएसजीबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेको चाहना

अधुरै रह्यो पीएसजीबाट च्याम्पियन्स लिग जित्ने एमबाप्पेको चाहना

अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
२६ वैशाख, काठमाडौं । च्याम्पियन्स लिग जितेर पीएसजीबाट सुखद बहिर्गनमको तयारीमा रहेका २५ वर्षीय फ्रेन्च स्टार एमबाप्पेको चाहना अधुरै रह्यो । च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग १-० ले पराजित भएपछि पीएसजी फाइनल पुग्नबाट वञ्चित भयो । पहिलो लेग पनि १-० ले जितेको डर्टमण्ड समग्रमा २-० को जित निकाल्दै फाइनल पुगेको छ । ‘एमबाप्पेका लागि यो असामान्य अवस्था हो’, इंग्ल्याण्डका पूर्वडिफेन्डर रियो फर्डिनान्डले टीएनटी स्पोर्ट्सलाई भने, ‘उनी त्यस्ता खेलाडी हुन् जसलाई हामी सबैभन्दा ठूलो क्षणहरूमा, सबैभन्दा ठूलो स्टेजमा हेर्ने बानी छ ।’ सेमिफाइनलको दुवै लेगमा एमबाप्पे चल्न नसकेको र उनले निर्णायक प्रदर्शन गर्न नसकेको फर्डिनान्डले बताए । हारको निराशा खेलपछि एमबाप्पे टाउको निहुराएर र तिघ्रामा हात राखेर अगाडि झुके । उपाधि नजिक पुगेर पनि टाढा हुनुको पीडा उनमा...
सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज

सुनकोशी-मरिण डाइभर्सन ‘ब्रेक थ्रु’ आज

अन्तर्राष्ट्रिय, समाचार, सूचना-प्रविधि
सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएपछि बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुंग्रीमा बाँकी रहेको केही सेन्टिमिटरबाट ब्रेक थ्रु गरी सुरुङ खन्ने टीबीएम मेसिन बाहिर निकाल्ने कार्यक्रम रहेको आयोजना प्रमुख मित्र बरालले बताए । १३ दशमलव तीन किलोमिटरमध्ये ९९ दशमलव ९९ प्रतिशत काम भएर ब्रेक थ्रु हुन लागेको हो । आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ब्रेक थ्रु हुने आयोजना प्रमुख बरालले बताए । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो ।...
स्याटलाइट टेलिकमबारे छलफल गर्न १० देशका २१ विज्ञ काठमाडौंमा

स्याटलाइट टेलिकमबारे छलफल गर्न १० देशका २१ विज्ञ काठमाडौंमा

अन्तर्राष्ट्रिय, समाचार, सूचना-प्रविधि
काठमाडौँ — केही समयअघि क्यानडाको अल्बेर्टा सहरको यात्रापछि दुई महिला राजमार्ग बन्दका कारण वैकल्पिक बाटो प्रयोग गरी होम्स फरेस्ट सर्भिस रोड हुँदै घर फर्किरहेका थिए । करिब २० किमि पर पुगेपछि बाटो सकियो । जहाँबाट आएको उतै फर्किन खोज्दा उनीहरू थप अलपत्र परे, हिँउमा फसेर हराए नै । दुवैको मोबाइलमा कुनै नेटवर्क उपलब्ध थिएन । दुईमध्ये एक महिलाले आफ्नो आइफोन १४ मा रहेको इमर्जेन्सी एसओएस भाया स्याटलाइट सेवा एक्टिभेट गरिन् । त्यो एक्टिभेट हुनासाथ आसपासको ‘सर्च एन्ड रेस्क्यु टिम’ले उनीहरूको खोजी कार्य थाल्यो । जीपीएस ठेगानामार्फत उनीहरूसम्म पुगेर दुवै महिलाको सफल उद्धार गरियो । एप्पलले सन् २०२२ मा आईफोन १४ मा इमर्जेन्सी एसओएस फिचर समावेश गरेयता यसले धेरैको ज्यान जोगाएको र उद्दारमा सहयोग पुर्‍याएका यस्ता खबर बेलाबखत बाहिर आइरहेका छन् । पछिल्लो समय ओमी, ओप्पो, भिभो, मोटोरोला, नथिङ र अनर फोनका...