अपराध / प्रशासन

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

अपराध / प्रशासन, समाचार
काठमाडौँ — ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका-१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक तस्बिर : रासस घर जाने बाटोको प्राविधिक पक्षहरूको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिटलगायतका अपराधमा संलग्न व्यक्तिहरूलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनका क्रममा आइतबार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण-१ घर भई हाल बा...
बाटोमा ठोक्किएको निहुँमा विवाद, चक्कु हानेर हत्या

बाटोमा ठोक्किएको निहुँमा विवाद, चक्कु हानेर हत्या

अपराध / प्रशासन
३० वैशाख, काठमाडौं । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ । काठमाडौं बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँदामा ४ जना किशोरसँग धिमालको विवाद भएको थियो । त्यही विवादपछि किशोरको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए । धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेका १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरूको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरू साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ । ...
कांग्रेसको चेतावनी : रवि लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग नगरियोस्

कांग्रेसको चेतावनी : रवि लामिछानेलाई जोगाउन महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग नगरियोस्

अपराध / प्रशासन, राजनीति
२८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न मानिसहरूलाई बचाउन राज्यका संवैधानिक निकायको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएको छ । कांग्रेस सांसद प्रदीप पौडेलका अनुसार संसदीय दलको बैठकमा सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा कतै उजुरी र जाहेरी नपरेको पत्र महान्यायाधिवक्ता कार्यालयले दिएको विषय उठाएका थिए । छलफलमा उठेका विषयबारे जानकारी दिंदै उनले भने, ‘महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेलाई क्लिनचिट दिने कुरा राज्यका निकायको दुरुपयोग हो । यस सन्दर्भमा खबरदारी गर्नु प्रमुख प्रतिपक्षी दलको दायित्व बन्न आउँछ ।’ महान्यायाधिवक्ता कार्यालयले उपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी नपरेको, अनुसन्धान नभएको र अभियोग नलागेको भनेर दिएको पत्र सार्वजनिक भएको छ । गत मंगलबार लामिछानेलाई महान्यायाधिवक्ता कार्याल...
बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी

अपराध / प्रशासन, राजनीति, समाचार
काठमाडौँ — नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जग्गा हिनामिनामा संलग्नविरुद्ध बाल संगठनले ठगीमा जाहेरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर अनुसन्धान अघि बढाएको हो । संगठनका पूर्वपदाधिकारी, कर्मचारी तथा निजी शैक्षिक संस्था बृहस्पति विद्यासदन र राई स्कुलका सञ्चालक, कर्मचारीविरुद्ध जाहेरी परेको सीआईबी प्रवक्ता होविन्द्र बोगटीले बताए । पक्राउ पुर्जी जारी भएकामा संगठनकी तत्कालीन अध्यक्ष वैद्य, तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ र योगेन्द्रबहादुर शाही, तत्कालीन ५ महासचिव श्यामकुमार आले, गणेशभक्त श्रेष्ठ, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान र रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, तत्कालीन सद...
जाजरकोटमा नक्कली नोटसहित महिला पक्राउ

जाजरकोटमा नक्कली नोटसहित महिला पक्राउ

अपराध / प्रशासन, समाचार
जाजरकोट, वैशाख २६ गते । जाजरकोटमा एक जना महिलालाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । छेडागाड नगरपालिका ५ थलहबजारबाट नेपाली एक हजारका १८ थान नक्कली नोटसहित छेडागाड नगरपालिका १० काप्लाकी ३२ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो । महिलासँग नक्कली नोट छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बडावनबाट खटिएको प्रहरी टोलीले महिलालाई नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी माधव विश्वकर्माले बताउनुभयो । नक्कली नोटसहित पक्राउ परेकी महिलालाई प्रहरीले नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । ...
कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

कैलालीमा सुधारगृहमा युवकको मृत्यु, निष्पक्ष अनुसन्धान गर्न अभिभावकको माग

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
२६ वैशाख, धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको मृत्यु भएको छ । उनका अभिभावकले मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट बुधबार राति हाम फालेको बताए । त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पालको भनाइ छ । शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ । डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए । तर, मृतकका पर...
सहकारी छानबिन समिति : कांग्रेसलाई अपरिहार्य, रास्वपालाई अस्वीकार्य

सहकारी छानबिन समिति : कांग्रेसलाई अपरिहार्य, रास्वपालाई अस्वीकार्य

अपराध / प्रशासन, राजनीति
काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा मुछिएपछि संसदीय छानबिन समिति बनाउने विषयमा मध्यमार्गी बाटो लिने प्रधानमन्त्रीको पहलमा सत्तारूढ रास्वपाले नै अवरोध गरेको छ । रास्वपा संसदीय दलको बैठकले सहकारीबारे बन्ने समिति अस्वीकार्य हुने स्पष्ट पारेको छ भने प्रतिपक्षी कांग्रेस आफ्नो मागमा अझ कठोर बनेको छ । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताबीच वैशाख २८ (शुक्रबार) देखि संसद् अधिवेशन चल्दै छ । लामिछानेमाथि छानबिनको माग राख्दै आएको कांग्रेसले आगामी अधिवेशनमा पनि यो माग झन् जोडदार बनाउने तयारी गरेको छ । यही विवादले अघिल्लो अधिवेशन प्रभावित भएकाले यसपालि निकास खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेले पहल गरेका छन् । तर, तत्काल निकासको बाटो देखिएको छैन ।आसन्न अधिवेशनलाई सहज बनाउन सभामुख देवराज घिमिरेले मंगलबार सर्वदलीय बैठक बोलाएका थिए ज...
राष्ट्रपति जेलेन्स्कीको हत्या योजना विफल पारेको युक्रेनको दाबी, २ कर्णेलमाथि जासुसको आरोप

राष्ट्रपति जेलेन्स्कीको हत्या योजना विफल पारेको युक्रेनको दाबी, २ कर्णेलमाथि जासुसको आरोप

अन्तर्राष्ट्रिय, अपराध / प्रशासन, समाचार
२६ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले बताएका छन् । जेलेन्सीको हत्या षडयन्त्रमा संलग्न भएको आरोपमा युक्रेनी सेनाका दुई जना कर्णेललाई पक्राउ गरिएको छ । उनीहरुमाथि राज्यद्रोह आतंकवादसम्बन्धी अभियोग लगाइएको छ । युक्रेनको सेक्युरिटी सर्भिस (एसबीयु)का अनुसार जेलेन्स्कीको हत्या गर्ने उद्देश्यले उनका अङ्गरक्षकहरुसम्म पुग्ने र प्रभावमा पार्ने कोसिसमा रुसको गुप्तचर निकाय (एफएसबी)को सन्जाल सक्रिय थियो । उक्त सन्जालको लागि जासुसी गरेको आरोप ती कर्णेहरुलाई लगाइएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै जेलेन्स्कीको हत्याको षडयन्त्र भइरहेको समाचार सार्वजनिक हुने गरेका थिए । तर बहालवाला कर्णेल नै जेलेन्स्कीको हत्याको षडयन्त्रमा संलग्न भएको भन्ने आरोपसहितको समाचार बीबीसीले लेखेको छ । रुसले युक्रेनका सैनिक जास...
झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

झापामा परीक्षा दिएर फर्केकी छात्रामाथि आक्रमण, गोली लागेको आशंका

अपराध / प्रशासन, समाचार, समाज / जिवनशैली
२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । आक्रमणमा परेर १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । अधिकारीको पेटमा गोलीको छर्रा जस्ता वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ । उनले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’ उनको अवस्था सामान्य रहेको र पेटमा डढेको, दबेको, ददारिएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ । अधिकारीको कपडामा गोलीजस्तो देखिने वस्तु फेला पर...
सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

सशस्त्र प्रहरी बलका १६ डीआईजीको सरुवा (सूचीसहित)

अपराध / प्रशासन, राजनीति, समाचार
१९ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलका १६ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट १६ डीआईजीहरुको सरुवा गरिएको हो । सरुवा सूची अनुसार कार्य विभागमा रहेका डीआईजी कमल गिरीको सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ । गणेशबहादुर ठाडा मगरको सीमा सुरक्षा विभागबाट नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा सरुवा भएको छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका अभिकुमार खत्रीको नं. ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देहीमा सरुवा गरिएको छ । कमलबहादुर नेम्बाङको मानव स्रोत विभागबाट नं. ४ मुक्तिनाथ बाहिनी कास्कीमा सरुवा गरिएको छ । यस्तो छ सूची @अनलाइनखबर...