आर्थिक / ब्यापार

उद्यमी माग्दै छन् उद्योग विकास बैंक

उद्यमी माग्दै छन् उद्योग विकास बैंक

आर्थिक / ब्यापार, समाचार
काठमाडौँ — सरकारले कृषि क्षेत्रको विकासका लागि डेडिकेटेड रूपमा कृषि विकास बैंक स्थापना गरेर यस क्षेत्रमा काम गरे जसरी उद्योग क्षेत्रको विकासका लागि पनि सोही किसिमको उद्योग विकास बैंक स्थापना गरेर अघि बढ्नुपर्नेमा उद्यमीले जोड दिएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले तीन वर्षदेखि ‘मेक इन नेपाल : स्वदेशी’ अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत मंगलबार काठमाडौं सम्पन्न ‘मेक इन नेपाल स्वदेशी समिट २०२४’ मा औद्योगिक विकास रणनीति, कानुनमा सुधार समृद्धिको आधार, बजेट कार्यान्वयनको प्रभावकारिता आदि विषयमा विभिन्न विषयविज्ञले छलफल एवं विचारविमर्श गरे । ‘समिटको निष्कर्षका रूपमा ३५बुँदे घोषणापत्र सार्वजनिक मात्र गरिएन, त्यसलाई कार्यान्वयनका लागि अर्थमन्त्री वर्षमान पुनलाई सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले हस्तान्तरणसमेत गरे । सबल एवम् आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्किनका लागि घोषण...
मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

मिर्जापुरमा बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

आर्थिक / ब्यापार, समाचार
१२ वैशाख, सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट २ जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित २ जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मंगलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मू...
लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

लाखौं भुइँमान्छे जोगाउने कि रवि लामिछाने ?

अन्तर्राष्ट्रिय, आर्थिक / ब्यापार, राजनीति, समाचार, समाज
नेपाली कांग्रेसले सहकारी अनियमितता प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबारे संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने अडान राख्दै संसदीय गतिविधि निरन्तर अवरुद्ध गरेपछि सरकारले संसद्को चालु अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको छ । संसद्मा विपक्षीले उठाएका एजेन्डाबारे गम्भीर बहस गरेर त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेमा संसद् नै स्थगित गरेर सरकार स्वयंले समकालीन राजनीतिक समस्यालाई गहिर्‍याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका सत्तारुढ दलहरू गृहमन्त्री लामिछानेले संसद्को रोष्ट्रममा उभिएर स्पष्टीकरण दिने तर छानबिन समिति बन्न नसक्ने अडानमा थिए भने कांग्रेसले समिति नबनेसम्म संसद् चल्न नसक्ने अडान राखेको थियो । तर, सहकारी अनियमितताका बारेमा तथ्य सहित प्रश्न उब्जिएपछि गृहमन्त्रीका बारेमा छानबिन समिति बन्नै नहुने तर्क आफैंमा य...
सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

आर्थिक / ब्यापार, राजनीति, समाचार
भैरहवा — रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् । बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए । प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरो...
जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश, १ अर्ब २ करोड मागदाबी

जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाउँदै प्रहरी प्रतिवेदन पेश, १ अर्ब २ करोड मागदाबी

आर्थिक / ब्यापार, समाचार, समाज
२ वैशाख, काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको हो । ‘हामीले अनुसन्धान सकाएर १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबी र २८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएका छौं । अब प्रतिवेदन अध्ययन गरेर सरकारी वकील कार्यालयले मुद्दा दर्ता गर्ला’ एसपी राठौरले अनलाइनखबरसँग भने । प्रतिवेदनमा जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश ...
विमानस्थल भन्सार प्रमुखमा बराल, पोखरेल पुगे आन्तरिक राजस्व विभाग

विमानस्थल भन्सार प्रमुखमा बराल, पोखरेल पुगे आन्तरिक राजस्व विभाग

आर्थिक / ब्यापार, समाचार
२ वैशाख, काठमाडौं । करिब २ महिनापछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रमुख भन्सार प्रशासक पाएको छ । अर्थ मन्त्रालयले सहसचिव महेश बराललाई प्रमुख भन्सार प्रशासकका रुपमा खटाएको छ । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका छन् । अर्थ मन्त्रालयले यसअघि सरुवा गरेका सहसचिव सेवन्तक पोखरेल डेढ महिनाको आनाकानीपछि करिब ३ दिन विमानस्थल भन्सार कार्यालयमा हाजिर भएका थिए । लगत्तै उनी आन्तरिक राजस्व विभागमा उपमहानिर्देशकका रुपमा सरुवा मिलाएर गएका छन् । पोखेरल हाजिर हुन नगाएपछि ६ फागुनदेखि निरन्तरजसो सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १९ माघमा जापान भ्रमणमा रहेका पोखरेललाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेका थिए । आफूसँग सल्लाह नगरिएको र भन्सार व...
पोखरा महानगरको ३ करोड रुपैयाँ सटर भाडा जोखिममा, उठाउन २ समिति गठन

पोखरा महानगरको ३ करोड रुपैयाँ सटर भाडा जोखिममा, उठाउन २ समिति गठन

आर्थिक / ब्यापार, समाचार
२ वैशाख, काठमाडौं । पोखरा महानगरपालिकाले २३ भदौ २०७९ मा महेन्द्रपुलस्थित आर्ट ग्यालरी र पुस्तकालय भवन डोजर लगाएर भत्काउनुअघि त्यहाँ ३२ वटा सटर भाडामा लगाएको थियो । अहिले त्यस ठाउँमा अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय बनिसकेको छ । तर, महानगरले महेन्द्रपुलका सटर भत्काएको दुई वर्ष पुग्न लाग्दा पनि ती ३२ सटरमा व्यवसाय गर्ने व्यापारीसँग भाडा उठाउन सकेको छैन । महानगरपालिको राजस्व शाखाका कर्मचारीहरुका अनुसार ती सटरबाट करिब दुई करोड रुपैयाँ भाडा उठाउन बाँकी छ । अहिले त्यहाँका आधा भन्दा बढी व्यापारीहरु सम्पर्कमै नरहेको उनीहरु बताउँछन् । यो पनि पढ्नुहोस सटर भत्किसक्यो, करोडौं भाडा उठाउनै बाँकी महानगरपालिकाले व्यवसायीसँग गरेको सम्झौता पत्र नै गायब भएका कारण भाडा उठाउन सकेको छैन । महानगरका सूचना अधिकारी कृष्ण तिवारी भने सम्पर्कमा रहेका व्यापारीलाई भाडा उठाउन ताकेता गरिरहेक...
बिजनेस शून्य हुँदा राष्ट्रिय सभा सञ्चालन गर्नै अप्ठ्यारो

बिजनेस शून्य हुँदा राष्ट्रिय सभा सञ्चालन गर्नै अप्ठ्यारो

आर्थिक / ब्यापार, राजनीति
काठमाडौँ । सरकारको बेवास्ताको परिणाम सङ्घीय संसद्को दुवै सदन बिजनेस विहीन भएर बस्नुपरेको छ । २४ वटा विधेयक विचाराधीन अवस्थामा रहेको सङ्घीय संसद्मा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ । राष्ट्रिय सभाको प्रतिवेदनसहित प्रतिनिधि सभामा आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित हुने अवस्थामा छ । बाँकी २३ वटा विधेयक सङ्घीय संसद्को विभिन्न समितिमा विचाराधीन छन् । सबै विधेयकहरू समितिमा छलफलकै क्रममा रहेका छन्, कुनै पनि विधेयक पारित भएर फुल हाउसमा जाने अवस्थामा छैनन् । गत माघ २२ गतेबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशन र राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशनको यतिका दिनसम्म आइसक्दा पनि विधेयक पारित गर्ने सन्दर्भमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । संसद्को पुरानै नियतिको रूपमा रहेको संसद् अवरोधको शृङ्खला चलिरहेकै छ भने दलहरूको आपसी दाउपेच र सरकार गठन, पुनर्गठनहरूले पन...
२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

आर्थिक / ब्यापार, समाचार
१४ चैत, काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो । सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेका कम्पनीहरू ...
सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा चार तारे होटलको मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा चार तारे होटलको मान्यता

आर्थिक / ब्यापार, समाचार
चैत्र १३, २०८०, कपिलवस्तु ।सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टुले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो ।लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छु पर्यटन विभागले भनेको छ ।२५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् ।साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको फिस फार्मु समेत रहेको छ ।त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरि...