नेप्से साढे ४ प्रतिशतले बढ्यो, परिसूचक २६२३ बिन्दुमा

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । नेप्से ४.५७ प्रतिशत (११४.७० अंक)ले बढ्दा परिसूचक २६२३.५६ बिन्दुमा उक्लिएको छ ।

आज कारोबार रकम पनि सोमबारको तुलनामा दोब्बर वृद्धि भएको छ । आज कुल १ करोड ७५ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । मंगलबार २४३ कम्पनीको मूल्य बढ्दा एक कम्पनीको मूल्य घटेको र एक कम्पनीको स्थिर रह्यो ।

आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । विशेषगरी फाइनान्स, लगानी उपसमूह, विकास बैंक, जलविद्युत् लगायत उपसमूहमा लगानीकर्ता होमिए ।

मंगलबार १८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । थप १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उचालिएको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *