नागरिक उड्डयन प्राधिकरण विधेयक परिमार्जन गर्न नेविसंघको माग

१५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले नागरिक उड्ययन प्राधिकरण विधेयक परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले विधेयकलाई आवश्यक परिमार्जनसहित पारित गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा गएको टोलीले नेपाली आकाश सुरक्षित विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाइ सुरक्षा सुधारका नीतिगत र संरचनागत कामहरु अघि बढाउन माग गरिएको छ ।

ज्ञापनपत्रमा हिमाली जिल्लाका नागरिकका लागि हवाइ यातायात सहज र सर्वसुलभ गराउन माग गरिएको छ ।

आन्तरिक उडानमा ‘अपर फेयर’ लागु नहुने निर्णयलाई निरन्तरता दिनका लागि ध्यानाकर्षण गराइएको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *