लेबनानबाट आफ्ना नागरिक निकाल्न विमान चार्टर गर्दै बेलायत

बेरुत । यतिबेला लेबनानमा स्थिति तनावपूर्ण छ । इजरायलले हवाई र भूमिगत हमला चर्को बनाइरहँदा हताहत हुनेको संख्या बढ्दो छ ।

यस्तोमा बेलायत सरकारले त्यहाँ फसेका आफ्ना नागरिकहरूको उद्धारका लागि विमान चार्टर गर्न थालेको छ । लेबनानमा स्थिति निकै अस्थिर रहेको र छिट्टै बिग्रन सक्ने बेलायतका विदेश मन्त्री डेभिड ल्यामीले भनेका छन् । उनको यो अभिव्यक्ति इजरायलले दक्षिण लेबनानमा जमिनबाट स्थानीय र लक्षित आक्रमण सुरु गर्ने घोषणा गर्नुभन्दा केही घण्टा अगाडि आएको थियो ।

लेबनानमा रहेका बेलायती नागरिक, तिनका जहान वा पार्टनर र १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई विमानमा ल्याउन थालिएको छ । विमान बुधबार बेरुतबाट हिँड्ने बताइएको छ । गएको हप्तासम्म लेबनानमा आश्रीतसमेत गरेर ४ हजारदेखि ६ हजार बेलायती नागरिक रहेको अनुमान गरिएको छ ।

चार्टर विमानको सारा खर्च बेलायत सरकारले तिर्नेछ । तर विमानमा आउने हरेक बेलायती नागरिकसँग ३६० पाउन्ड शुल्क लिइने अपेक्षा गरिएको छ । सो विमानमा जानका लागि भने गैर–बेलायतीहरूसँग भिसा वा कम्तिमा ६ महिनासम्म बेलायत बस्ने अनुमति हुनुपर्ने छ ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *