काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम गर्न लागेको हो ।

दसैँ तिहारको बिचमा र जाडो बिदामा महानगरभित्रका ८ वटा स्रोत विद्यालयहरूमा एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो ।

यसका लागि स्रोत केन्द्रका स्रोत शिक्षकहरूसँग समन्वय गरेर आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म कक्षा १० का विद्यार्थीलाई उक्त शिविरमा सहभागी गराउन अनुरोध गरेको छ ।

सम्बन्धित स्रोत केन्द्र विद्यालयको हकमा सम्बन्धित स्रोत शिक्षकले शिविरको अगुवाइ गर्नुका साथै अन्य विद्यालय केन्द्रको हकमा प्रधानाध्यापकले अगुवाइ गर्नुपर्ने महानगरले जनाएको छ ।

उक्त शिविरमा कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । शिविरमा गणित, सामाजिक अध्यापन गर्न तथा प्रयोगात्मक सिकाइका लागि स्टिम (एसटीईएम) को आधारमा अभ्यास गराउन सक्ने महानगरले जनाएको छ ।

विषयतग शिक्षकको व्यवस्थापन सम्बन्धित केन्द्रको अगुवाइकर्ताले गर्नेछ । उक्त शिविरमा लिट्रेचर, फाइन एण्ड भिजुअल आर्ट, पर्फमेन्स आर्ट एण्ड डिजिटल आर्टसम्बन्धित क्रियाकलापहरू समेत सञ्चालन गरिने महानरले जनाएको छ ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *