विराटनगर । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार घोषणा गरिएको हो ।

माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए ।

आगामी मंसिर १६ गते उपनिर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि कांग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन ।

०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0