१ माघ, काठमाडौं । नेपाली कांग्रेसकी सचेतक शुशीला थिङले मर्यादाक्रमप्रति असन्तुष्टि पोखेकी छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले मर्यादाक्रम न्यायपूर्ण नरहेको बताइन् । महिला भएका कारणले पनि मर्यादाक्रम तलमाथि राख्ने गरिएको बताइन् ।
‘सभामुखलाई धेरै माथि, उपसभामुखलाई धेरै तल राखिएको छ । महिला भएकाले तल राखिएको हो कि ?’ उनले भनिन, ‘मर्यादाक्रममा सभामुखलगत्तै उपसभामुख आउनुपर्छ ।’
महिलाहरू उपप्रमुख भएकाले अन्यत्र पनि तल राखिएको उनको टिप्पणी छ । यस्तो प्रवृत्ति अन्त्य गर्न सरकारलाई उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1