७ कात्तिक, काठमाडौं । सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन राष्ट्रपति रामचन्द्र पौडेलको निवास शीतल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित विपक्षी दलका नेताहरू पुगेका छन् ।

सरकारका कामकारबाहीबारे असन्तुष्ट रहेका विपक्षी दलले राष्ट्रपति पौडेल समक्ष ध्यानाकर्षण गराउँदैछन् ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0