१२ कात्तिक, काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार विधिको शासन कायम गर्न लागिपरेको बताएका छन् । उनले सरकार कसैप्रति पूर्वाग्रही नभएको दाबीसमेत गरे ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनले आज आयोजना गरेको दीपावली विशेष कार्यक्रमममा उपप्रधानमन्त्री सिंहले भने, ‘यो कांग्रेस एमालेको संयुक्त सरकारले कसैप्रति द्वेषभाव राखेको छैन र राख्दैन पनि । सरकारले कसैलाई लखेट्नुपर्ने कारण छैन । सरकारले विधिको शासन कायम गर्दछ । विधिको शासन लागू गर्दा हामीलाई लागू हुनुहुँदैन । हामी नयाँ पार्टी हौं भन्न मिल्छ ?’

उनले आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरुले कानुनको पालना गर्न नहुने भन्दै प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमान्दारिता नदेखिएको बताए ।

उनले भने, ‘हामी वैकल्पिक पार्टी हौं भन्नेहरुको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरु अहिले कहाँ छन् ? अहिले पनि आएकाहरुको पनि हालत त्यही हुने हो । यिनीहरुमा इमान्दारिता हुनुपर्दैन ? यिनीहरुलाई केहि गर्नै नहुने ?’

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनको रिहाइको माग गर्दै रास्वपा निरन्तर सडक आन्दोलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0