‘फुड डाइ’ भनिने खानामा प्रयोग गरिने अप्राकृतिक रङ बजारमा पाइने विभिन्न खानेकुरामा तयार पार्दा प्रयोग गरिन्छ । तर कृत्रिम खानाको रङलाई लिएर लामो समयदेखि विवाद पनि हुँदै आएको छ ।

पछिल्लो समय भएका धेरै अध्ययनअनुसार खाद्यवस्तुहरूमा प्रयोग गरिने कृत्रिम रङ बनाउन पेट्रोलियम प्रयोग पदार्थ गरिन्छ । जसले मानव र जनावरको शरीरमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी यस्ता रङको प्रयोगले क्यान्सरको जोखिम बढाउँछ ।

अमेरिकाले पनि अनुसन्धानपछि खानामा प्रयोग हुने रङ रातो डाइ नम्बर ३ प्रतिबन्धित गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले सिन्थेटिक फुड कलर रातो डाइ नम्बर ३ मानव उपभोगका लागि हानिकारक रहेको भन्दै यसको सेवनले मानिसमा क्यान्सरको जोखिम हुने बताएको छ ।

के हो प्रतिबन्धित रातो डाइ नम्बर ३ ?

अमेरिकी खाद्य तथा औषधि प्रशासनले प्रतिबन्ध लगाएको कृत्रिम रङ रातो डाइ नम्बर ३ सिन्थेटिक फुड कलर हो, जुन खानामा चेरी रातो रङ थप्न प्रयोग गरिन्छ ।

सेन्टर फर साइन्स इन द पब्लिक इन्ट्रेस्टका अनुसार यो डाइ हजारौं प्रकारका खानामा प्रयोग गरिन्छ, जस्तै- क्यान्डी, अनाज, ककटेल, चेरी र स्ट्रबेरी–स्वाद मिल्कसेक आदि । करिब १० हजार खाद्यवस्तु बनाउन यो रङ प्रयोग हुने गरेको ‘सीएसपीआई’ले जनाएको छ । जसमा धेरै ठूला खाद्य कम्पनीहरूले बनाएका सयौं उत्पादन समावेश छन् ।

यद्यपि, एफडीएले बच्चाको व्यवहारसम्बन्धी समस्यासँग जोडिएको रातो नम्बर ४० सहित अन्य कृत्रिम रङहरूको प्रयोगलाई रोकेको छैन । एजेन्सीले डेलानी क्लज अन्तर्गत १९९० मा सौन्दर्य उत्पादनमा प्रयोग हुने थपिएको कलरलाई प्रतिबन्ध लगाएको छ । यो एक सङ्घीय कानुन हो, जसबाट एफडीएले मानव वा जनावरमा क्यान्सर निम्त्याउने वा त्यस्तो रोगको जोखिम बढाउने खाद्यान्नमा प्रतिबन्ध लगाउन आवश्यक छ ।

बजारमा खानेकुरा किन्दा के-के हेर्ने ?
अमेरिकामा खाद्य कम्पनीलाई २०२८ सम्मको समय

एफडीएले खाद्य पदार्थ र औषधिमा प्रतिबन्धित सिन्थेटिक रङ प्रयोग गरी उत्पादनमा सुधार गर्न उत्पादन गर्ने कम्पनीलाई सन् २०२८ को जनवरीसम्मको समय दिएको छ । यसबाहेक अमेरिकामा आयात गरिएका खाद्यवस्तुहरूले नयाँ खाद्य नियम र आवश्यकता पालना गर्न अनिवार्य छ ।

रातो डाइ ३ लाई लिएर किन भयो विवाद ?

पेट्रोलियमबाट बनेको रातो डाइ नम्बर ३ लाई सन् १९०७ मा खानामा प्रयोगका लागि स्वीकृत गरिएको थियो । तर धेरै अध्ययनले कृत्रिम फुड कलरको उच्च खुराकको सम्पर्कमा रहेको भाले मुसामा ट्युमरहरू फेला पारेको थियो ।

खानामा कृत्रिम रङको प्रयोगले बालबालिकाको व्यवहारमा असर परिरहेको छ कि छैन भन्ने चिन्ता पनि उठेको छ । सन् २०११ मा एफडीएले कृत्रिम खाना रङ र बच्चामा हाइपरएक्टिभिटीबीचको सम्भावित लिङ्कको बारेमा चिन्ता उठाएको थियो । तर पछि यी दुईबीच कुनै सम्बन्ध नभएको थाहा भयो ।

क्यालिफोर्निया २०२३ मा सम्भावित स्वास्थ्य समस्यासँग सम्बन्धित रेड नम्बर ३ र धेरै अन्य खाद्य रङ प्रतिबन्ध गर्ने पहिलो राज्य हो ।

कुन खानामा रातो डाइ नम्बर ३ प्रयोग गरिन्छ ?

फुड डेटा सेन्ट्रलमा रहेको अमेरिकी कृषि विभागको ब्रान्डेड फुड डाटाबेसको खोजीले रेड ३ सहित ९ हजार २०१ प्रकारका अमेरिकी खाद्य उत्पादन पहिचान गरेको थियो । जसमा देशका ठूला खाद्य कम्पनीहरूले बनाएका सयौं उत्पादनहरू समावेश छन् ।

मार्समेलो, कटन क्यान्डी र धेरै अन्य क्यान्डी उत्पादनमा कृत्रिम रङको प्रयोग भएको पाइयो । फ्रुटजुस, रंगीन पेय, सोडा वा ककटेल पेय, केक, केही प्रोटिन शेक र एनर्जी ड्रिक, प्रशोधित मासुका परिकार जस्तो ससेजमा पनि कृत्रिम रङको प्रयोग हुन्छ ।

अर्गानिक खानेकुरा कसरी चिन्ने ?
केही औषधिमा पनि कृत्रिम रङको प्रयोग

खाद्य पदार्थ मात्र हैन, केही औषधिमा पनि कृत्रिम रङको प्रयोग भएका छन् । जस्तो- एसिटामिनोफेन (पेनकिलर), फ्लुओक्सेटीन (एन्टिडिप्रेसन्ट), गैबापेन्टिन (एन्टिकल्वन्सेन्ट), इन्डोमेप्राजोल (हर्टबर्न) आदि ।

खानेकुरा किन्दा यी कुरामा ध्यान दिनु जरुरी छ

यूएस फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले सिन्थेटिक रेड डाइ नम्बर ३ लाई खानामा प्रयोग गर्न प्रतिबन्ध लगाएको हुनाले सबैले केही कुरालाई ध्यानमा राख्नु महत्त्वपूर्ण हुन्छ ।

खाद्यवस्तुहरू खरिद गर्दा लेबल पढ्नुपर्छ

कृत्रिम रङ रातो डाइ नम्बर ३ खानामा प्रयोग भएको छ कि छैन भनेर हेर्नुपर्छ । विशेषगरी बालबालिकाका लागि प्रयोग गरिने खानेकुरा जस्तै मिठाई, गिट्टी, रंगीन पेय पदार्थ लगायतमा अझै ख्याल राख्नुपर्छ ।

प्राकृतिक रङ प्रयोग गर्नुपर्छ

सामान्यतया, धेरै व्यक्तिले घरमा बनाइएका खानेकुरामा रङ थप्न कृत्रिम रङ प्रयोग गर्छन् । यस्ता कृत्रिम रङले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले कृत्रिम रङको विकल्पमा चुकन्दरको रस र बेसार जस्ता प्राकृतिक रङ प्रयोग गर्नुपर्छ ।

बच्चालाई पनि जानकारी दिनुहोस्

बुझ्नसक्ने उमरेका छन् भने बच्चालाई खानमा प्रयोग हुने कृत्रिम रङको बारेमा जानकारी दिनुपर्छ । बच्चाहरू प्रायः रंगीन खानेकुरा देखेपछि आकर्षित हुन्छन्, यस्तो अवस्थामा थप रङहरू के हुन् र यसले के हानि गर्न सक्छ भनेर उनीहरुलाई बुझाउनुपर्छ ।

विशेषगरी रातो डाइ नम्बर ३ को बारेमा बताउनुपर्छ । कुनै पनि खाद्यवस्तुहरू खरिद गर्नुअघि स्तर जाँच गर्न सिकाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0