२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सातै प्रदेशमा नेताहरु खटाएको छ ।

बुधबार बसेको कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिको बैठकले १० नेताको जिम्मेवारी तोकेको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय डिनालाई बागमतीमा, भीष्मराज आङ्देम्बेलाई कोशीमा, महेन्द्र यादवलाई मधेशमा, जीवन परियारलाई कर्णाली र गण्डकीमा जिम्मेवारी तोकिएको छ ।

त्यस्तै सुदूरपश्चिममा नेता एनपी साउद, लुम्बिनी प्रदेश र निर्वाचन आयोगसँग समन्वय गर्न पुष्पा भुसाल, अन्तरपार्टी समन्वय गर्न डा. प्रकाशशरण महत, प्रचार प्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बास्तोलालाई जिम्मेवारी तोकिएको छ ।

यी नेताहरुले उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमितिसँग समन्वय र सहजीकरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0