काठमाडौँ । काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने जनाएको हो ।
यस अनुसार कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिनेछ ।
यो अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1