बुटवल, २४ कात्तिक । रोटरी क्लव अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ ।

शनिबार भएको रक्तदान कार्यक्रममा रोटरी क्लव अफ बुटवल चौतारीका स्पोन्सर क्लवहरु रोटर्याक्ट क्लव अफ बुटवल चौतारी, रोटर्याक्ट क्लव अफ भैरहवा चौतारी, इन्ट्र्याक्ट क्लव अफ भैरहवा चौतारी र इन्ट्र्याक्ट क्लव अफ नविन चौतारीले पनि सहकार्य गरेका थिए ।

एकयसय जना भन्दा बढी उपस्थित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । उनले आगामी वर्षको वैशाखभित्र फेरि रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिंदै मानवीय कार्यको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै क्लवका एजी कुलमणि ज्ञवालीले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ क्लवले आफूलाई अगाडि बढाउँदै लगेको भन्दै सामाजिक र रचनात्मक काममा निरन्तर क्रियाशिल रहन आग्रह गरे ।

त्यस अवसरमा कार्यक्रम संयोजक रामप्रसाद पाण्डे, रोट्र्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डे, भैरहवा चौतारीका अध्यक्ष आकाश पौडेललगायतले पनि रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, क्लवका पदाधिकारी तथा सदस्यहरुका साथै ठूलो संख्यामा रोटरीयनहरुको उपस्थिति रहेको क्लबका सदस्य मदन आचार्यले जानाकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0