काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको आकाशमा हेलिकोप्टर चलाउन दिने निर्णयप्रति खुम्बु पासाङल्हामु गाउँपालिकाले आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले निकुञ्जले हेलिकोप्टरको उडानलाई व्यवस्थित गर्नको लागि लिएको पहलकदमीबाट जनतामा छाएको उत्साहमा तुसारापात भएको भन्दै यसबाट गायँपालिका, स्थानीय संघसंस्था र आम नागरिक आश्चर्यचकित भएको उल्लेख गरेको छ ।

गाउँपालिकाले उडानसम्बन्धी सहजता कायम गर्दै जाने गरी पुस १९ गते सहमति भए पनि वायुसेवा सञ्चालक सङ्घले आपतकालिन उडान समेत रोक्ने निर्णय गर्नुले सेवाप्रदायकको असंवेदनशीलता प्रस्ट भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वार्तामार्फत निषेध नभएर वार्तामार्फत समस्या समाधान गर्न सकिने भन्दै यसका लागि पहल लिँदालिँदै हेलिकोप्टर उडान स्थगित गर्नु नाफा केन्द्रित प्रवृत्तिको द्योतक रहेको समेत गाउँपालिकाकाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0