काठमाडौं । मिस माल्टाको टोली सोमबार देखी नेपाल छ । मिस माल्टा चेरिस स्पिटेरी सहितको पाँच सदस्यीय टोली साता लामो भ्रमणका लागि नेपाल आएको हो ।

उक्त टोलिले नेपाल आइसकेपछी विभिन्न क्षेत्रका कार्यलय, मन्त्रालय, विभिन्न व्यक्ति तथा मन्त्रीहरु संगपनि विभिन्न विषय केन्द्रित हुँदै भेटबार्ता गरिरहेका छन । बुधबार बिहानै देखि मिस माल्टाको टोलि मानव सेवा आश्रम पुगेको छ । सहायोगापेक्षी मानवहरुलाई आश्रय दिँदै आएको आश्रममा रहेका व्यक्तिहरुलाइ आफ्नै हातले खाना खुबाउने तथा आश्रमलाई केही आर्थिक सहयोग समेत गरेका छन ।

कार्यक्रममा मिस माल्टाको टोलिसहित गैरआवासीय नेपाली संघ NRN माल्टाका अध्यक्ष रेम्स खनाल, माल्टा लागि पर्यटन दुत प्रकाश भण्डारी, पर्यटन दुत सोम सापकोटा लगायत सहभागी भएका थिए ।

मंगलबार पनि बिहान ११ बजे उक्त टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे बिच शिष्टाचार भेटवार्ता सम्मपन्न भएको थियो । उक्त भेटघाटमा पर्यटन बोर्डका बरिस्ठ निर्देशक हिक्मत सिंहको पनि उपस्थिति रहेको थियो ।

मिस माल्टाको यो भ्रमणले दुवै देशको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विस्वास गरिएको छ ।

पछिल्लो समय युरोपको टापु मुलुक माल्टामा नेपाली कामदारको संख्या बढेसँगै भएको मिस माल्टाको यो भ्रमणले दुई मुलुकको द्विपक्षीय हितमा समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेम्स खनालले मिस माल्टाको टोलि साता लामो भ्रमणमा नेपाल आउदा खुसी व्यक्त गरेका छन ।

यो टोली आगामी शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा सहभागी हुनेछ ।

मिस माल्टाको टोली यहि साउन २२ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0