२९ साउन, जनकपुरधाम । सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सबिन राई रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानले जानकारी दिए ।

उनका अनुसार आज बिहान साढे ६ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ स्थित पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिङकर लोड गरेको १२ चक्के ट्रक सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्रकभित्र नै चेपिएर चालकको घट्नास्थलमानै मृत्यु भएको र क्रेन र जेसिबिको सहयोगमा शव निकाल्ने कार्य भइरहेको डिएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0