३० साउन, काठमाडौं । मंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व भएको छ ।

राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि काठमाडौ जाने र पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0