काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार दिनेशराज दाहाल (दिनेश डिसी), दीपा पाण्डे बस्नेत र राजेश थापा सिफारिस भएका हुन् ।

सिफारिस समितिले यी तीनजनाको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसामु सिफारिस गरेको स्रोतले जनायो । सिफारिस गरिएका यी तीनमध्ये कुनै एकजनालाई मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बेलुका बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0