काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सामान खरिद प्रक्रियामा लाखौँको आर्थिक अनियमितता भएको भन्दै कारबाहीको माग गरिएको छ ।

आइतबार नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै नास्टका प्रदेश कार्यालय कार्यालय व्यवस्थापनका लागि सामग्री खरिदमा आर्थिक अनियमितता भएकाले आवश्यक छानबिन गरी कारबाहीको माग गरेको हो ।

यस्तै संगठनले नियम विपरीत कर्मचारी नियुक्ति, नियुक्ति दिएको व्यक्तिलाई जिम्मेवारी नदिएको लगायत विषयमा अनियमितता भएको आरोप लगाएको छ ।

संगठनले आइतबार नास्टको प्राङ्गणमा कालो झण्डा राखी विरोध गरेको अध्यक्ष होमबहादुर खनालले बताए । उनले भदौ १८ गतेसम्म आन्दोलन जारी राख्ने बताए । @रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0