१६ भदौं, काठमाडौं । ललिता निवासको जग्गा कीर्ते गरेको आरोप लागेका पूर्वमन्त्री चन्द्रदेव जोशीलाई जिल्ला अदालत काठमाडौंले ३ लाख ३० हजार रुपैंया धरौटीमा रिहा गरेको छ ।

न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उनीसँग ३ लाख ३० हजार रुपैंया धरौटी मागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १० भदौं २०८० मा जोशी लगायत ३१२ जनाविरुद्ध सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

जोशीमाथि २०६९ सालमा पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप थियो ।

अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दामा भने उनले सफाइ पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0