काठमाडौँ । सशस्त्र प्रहरी बलका एआईजीहरूको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रिपरिषद् बैठकले ३ जना एआईजीहरूको विभाग परिवर्तन गरेको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई मानवस्रोत विभागमा सरुवा गरिएको छ । दाहाल यसअघि कार्य विभागमा कार्यरत थिए ।

सीमा सुरक्षा विभागमा कार्यरत नारायणदत्त पौडेललाई कार्य विभाग र सिपी गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । गौतम यसअघि मानवस्रोत विभागमा कार्यरत थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0