काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनपुगेका थिए । उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घटनामा घाइते भएका चार जना बालबालिकामध्ये ११ वर्षीय दिप्सन साँवा र अढाई वर्षीय प्रिन्सा साँवाको मृत्यु भइसकेको छ । उनीहरू दाजु बहिनी हुन् । पवन र दिप्सन राईको भने कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।

फालेलुङ गाउँपालिकाको डाडागाउँमा आइतराज केरुङको घरमा ०८१ भदौ १३ गते विस्फोटक पदार्थ (द्वन्द्वकालको ह्यान्डमेड सकेट बम) विस्फोट हुँदा उक्त घटना भएको हो । पाँचथरमा यसअघि पनि पटक पटक बम विस्फोट हुँदा यस्ता खाले घटना भएका छन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0