काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । उनको शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । सो अवसरमा राष्ट्रपतिले प्रधानसेनापतिलाई दर्ज्यानी चिह्न समेत प्रदान गरेका थिए ।

गत भदौ १२ गते सरकारको निर्णयअनुसार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका थिए । शपथसँगै उनले आजदेखि प्रधानसेनापतिको रुपमा औपचारिक रुपमा काम सुरु गरेका छन् । यसअघि प्रधानसेनापति प्रभुराम शर्मा रहेका थिए ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0