२४ भदौ, काठमाडौं । नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो ।

प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0