२५ भदौ, काठमाडौं । नेपाली क्रिकेट संघ (क्यान)ले क्यानडा टूरमा जाने नेपाली टोलीको मंगलबार बिदाइ गरेको छ ।

क्यानका सचिव पारस खड्काका अनुसार क्यानडामा लिग टूको सिरिज खेलेपछि नेपाली टोली अमेरिका जाने छ ।

नेपाली टोलीमा सन्दीप लामिछाने पनि संलग्न छन् । केही महिना पहिला टी-२० विश्वकपका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसपटक के हुन्छ ? भन्ने प्रश्नमा क्रिकेट संघका सचिव पारस खड्काले आवश्यक सबै तयारी पूरा भएको बताए ।

सकारात्मक ग्रिन सिग्नल आएको भन्दै उनले चाँडै घोषणा हुने समेत बताए । ‘टिमको केसमा क्यानडाबाट यूएस जानु पर्ने भएकाले हामीले गर्नुपर्ने सबै काम गर्‍यौं भन्ने लाग्छ,’ बिदाइ कार्यक्रममा सचिव पारसले भने, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ, यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

@रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0