२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको टिप्पणी गरेका छन् ।

मंगलबार झापामा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेस र नेकपा एमालेसहितका सत्तारुढ दलहरु संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाउने तयारीमा लागेको बताएका हुन् ।

‘कांग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअभियोग लगाउनुपर्‍यो भनेर भनिरहेको छु अध्यक्ष लिङ्देनले भने ।

उनले अगाडि भने, ‘देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरु सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौं, जति सकिन्छ खाऔं । सबै हामी खाऔं भन्ने बाटोमा लागेका छन् ।’

अध्यक्ष लिङ्देनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने जिकिर गरे ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0