२५ भदौ, काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो ।

उनले शिवराम थापा समेत ८ जनाबाट १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

क्यानडा जान ३५ लाख लाग्ने र मासिक ४ लाख रुपैयाँ कमाइ हुने आश्वासन देखाउँदै रकम असुलेर ठगी गरेको आरोप उनीमाथि छ । पक्राउ परेका घर्तीलाई कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0