२४ भदौ, काठमाडौं। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा अड्किएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर यो विधेयकको प्रतिवेदन गत जेठ २१ गते सभामा पेश गरेको थियो । समितिको प्रतिवेदन पेश भएको तीन महिना नाघिसक्दा समेत विधेयक अगाडि बढ्न सकेको छैन ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी समितिको प्रतिवेदन सभामा पेश भएको बताउँछन् ।

यो विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रचण्ड नेतृत्व सरकारले प्राथमिकतामा राखेको भनिएको यो विधेयक उनको कार्यकालमा पास हुन सकेन ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0