काठमाडौँ । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिका सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो ।

राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0