काठमाडौँ । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ। तीन महिना अघि संसद‍्बाट गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई अन्तिम रूप दिन बैठक सुरु भएको हो ।

बैठकबाट प्रतिवेदनमाथि हस्ताक्षर भएर आजै प्रतिनिधिसभा बैठकमा पेस हुनेछ ।

समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत गरेको थियो । समितिले रास्वापा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि बयान लिएको थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0