४ असोज, काठमाडौं। अवैध लागु औषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको बिदुर नगरपालिका–५ का २९ वर्षीय सन्तोष पौडेल र गोरखाको शहिद लखन गाउँपालिका–६ का २५ वर्षीया सीमा गुरुङ छन् ।

२० ग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५६५३ नम्बरको यात्रुबहाकमा उनीहरु काठमाडौं आउँदै गर्दा नागढुंगामा लागु औषधसहित पक्राउ परेका हुन् ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0