८ असोज, काठमाडौं । जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग गरेको छ ।

५ असोजमा महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोृलेृको र भाँडभैलो गरेको आरोपमा जनमत पार्टीले ९ जनासँग स्पष्टीकरण माग गरेको हो ।

स्पष्टीकरण मागिएकामा केन्द्रीय सदस्यहरु दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् ।

त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरु सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहले स्पष्टीकरण माग गरेका छन् ।

उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

हेर्नुहोस् जनमत पार्टीको पत्र

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0