काठमाडौँ । सिन्धुलीका एसपी गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेका छन् । असोज २९ मा माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन् ।

साँझपख स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन् । तर, काफ्लेले आफूसँग दुई जना इन्स्पेक्टर पनि सँगै रहेको जिकिर गरेका छन् ।

घट्नाबारे बुझ्न बागमतीका डीआआईजी कृष्णहरि शर्माले हेटौँडाबाट टोली पठाएका थिए । डीआईजी शर्माले रातोपाटीसँग भने, ‘मैले यहाँबाट बुझ्नको लागि टिम पठाएको थिएँ, हाम्रोबाट कुनै फाइन्डिङ आएको छैन ।’

घटनाबारे प्रदेश प्रहरी कार्यालयले अनौपचारिक छानबिन गरिरहेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयमा भेला भएका माझिटारका स्थानीयसँग एसपी काफ्लेले ‘क्षमायाचना’ गरेको सिन्धुलीमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रदेशबाट बुझ्न गएको टिमलाई एसपी काफ्लेले इभिनिङ वाकमा जाँदा मदिरा सेवन गरेका स्थानीयले ‘विवाद’ गरेपछि आफू त्यहाँबाट हिँडेको बताएका छन् । काफ्ले गत वैशाखमा सिन्धुलीमा सरुवा भएका थिए । ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0