बुटवल । गुल्मीको रेसुङ्गामा ‘गौ महोत्सव’ तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालनको तयारी भएको छ ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा कात्तिक ८ देखि १६ गते गाई तिहारका दिनसम्म ‘गौ महोत्सव’ तथा श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो ।

एक हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति र १३ वटा उपसमितिहरू गठन गरी तयारीलाई तीव्र पारिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए ।

उनले महोत्सवमा सङ्कलित हुने रकमबाट गाईहरूको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने बताए । उनले रेसुङ्गामा पर्यटक वृद्धि हुने पनि विश्वास रहेको बताए ।

२०४२ सालदेखि व्यवस्थित रूपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरू संरक्षण गरिँदै आएको छ ।

पछिल्लो समय गाउँमा गाईहरू पाल्ने प्रचलन घट्दै गएपछि रेसुङ्गामा रहेको गौशाला व्यवस्थित रूपमा गाईहरू पालिँदै आएको सहसचिव यज्ञ प्रसाद शर्मा पन्थीले बताए ।

गाईहरूको संरक्षणका लागि रेसुङ्गा संरक्षण समितिले विगत पाँच वर्षदेखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको थियो ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0