४ कात्तिक, काठमाडौं । स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की प्लेअर रहेको सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा छन् ।

८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0