४ कात्तिक, धनगढी । कैलालीमा डेढ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरिएको छ ।

सोमबार बिहान धनगढी उपमहानगरपालिका–५ को हसनपुरका प्रकाश भाटको घरको माथिल्लो तलामा जुवातास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापती सहितका ११ रहेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गर्दै एक लाख ५३ हजार ३५० रुपैयाँ र १० गड्डी तास बरामद गरेको छ ।

सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

@अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0