रास्वपा सांसद अर्यालको राउतलाई प्रश्न : दुई न्यायाधीश नियुक्ति विवादलाई कसरी हेर्नुहुन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नूभएको छ भन्दै प्रश्न गरेका छन् । बुधवार संसदीय सुनुवाइ समिति बैठकमा सांसद अर्यालले सो प्रश्न गरेका हुन् ।

उनले भने, ‘दुई न्यायाधीश नियुक्ति विवादमा यसलाई कसरी हेर्नुभएको छ ?’ सांसद अर्यालले विकासका विषयमा छिटो अन्तरिम आदेश गरी विकास विरोधी आदेश गरेको आरोप समेत लागेको बताए । उनले भने, ‘विकास रोक्ने किन ?’

अर्यालले नेपाली सेना र सर्वोच्चमा सैनिक कल्याणकारी कोषको दुरुपयोग छ भन्ने आरोप लागेको भन्दै त्यस्तो किन भएको भन्दै प्रश्न गरे । उनले अदालतमा फाइल खोज्न घुस लिने गरेको र फाइल नभेटिएको कुरा किन आउँछ ? भन्दै सिंहलाई प्रश्न गरे ।

उनले बाजुराको हत्यामा संलग्नलाई किन साधारण तारेखमा छोडियो ? भन्दै प्रश्न गरे ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *