काठमाडौंँ । प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८–२४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ ।

मुस्ताङ यहाँको पारम्परिक संगीत, नृत्य, विभिन्न सांस्कृतिक परम्पराका लागि प्रख्यात छ । सोही कलालाई चित्रकारहरूमा झबाँड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका ट्रिपलपी गुरुङले बताए ।

महोत्सवमा मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोमलगायतका स्थानमा यी कार्यक्रमहरू गरिनेछ । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिलहन्ट एन्डस्टोन आर्ट, साउन्ड हिलिङ लगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिनेछ । महोत्सवको अर्को आकर्षण ‘ट्राभलिङकिम्फ’ रहेको छ ।

अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घण्टा हिमाली क्षेत्रका नामी चलचित्रहरू देखाइने यो कार्यक्रमलाई काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)ले संयोजन गर्नेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय चित्रकारहरू थाइल्यान्डबाट डिरेककिङ्नकरकाराज डब्लु एसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जाम पेलछेदा, इन्डोनेसियाबाट एमी गोरताइवानबाट छेङहान वेनलगायतले सहभागिता जनाउने भएका छन् ।

यस्तै नेपालका चित्रका र सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्नेछन् ।

@रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0