काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को कात्तिक २६ र २७ हुने पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५०२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा हुने गरी मिति तय भएको अधिवेशनका लागि कर्णाली प्रदेशमा ५०२ जना प्रतिनिधि सहभागी हुने प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष ठगेन्द्र पुरीले जानकारी दिए ।

उनका अनुसार प्रदेश अधिवेशनमा सहभागी हुने धेरैजसो प्रतिनिधिहरूसमेत छनोट भैसकेका छन् । जसअनुसार सुर्खेतबाट १७, दैलेखबाट ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९ गरी जम्मा २५३ जना प्रतिनिधिहरू निर्वाचित भएका छन् ।

त्यस्तै कात्तिक १३ गते जुम्ला, २० र २१ गते हुम्लामा प्रतिनिधि छनोटका लागि निर्वाचन हुँदैछ । जुम्लाबाट ३८ र हुम्लाबाट १३ गरी जम्मा ५१ जना प्रतिनिधिहरू निर्वाचित हुनेछन् । त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरे बमोजिम १८ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने कार्यवाहक अध्यक्ष पुरीले जानकारी दिए ।

एकीकृत समाजवादीले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0