११ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेको पाइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ को बीचमा २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् ।

कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा लिएका छन् ।

यसमध्ये ५ लाख ४६ हजार १५६ जना काठमाडौं विमानस्थलमा अवतरण गरे । काठमाडौंबाट ५ लाख ९४ हजार ८६ जना यात्रु उडेको विमानस्थल कार्यालयको तथ्यांकमा उल्लेख छ । तीन महिनामा काठमाडौंमा ८ हजार ३३ वटा उडान–अवतरण भएका छन् ।

तीन महिनामा अन्तर्राष्ट्रिय यात्रु

आगमन : ५ लाख ४६ हजार १५६
प्रस्थान : ५ लाख ९० हजार ८६
कुल : ११ लाख ४० हजार २४२
उता, आन्तरिकतर्फ तीन महिनामा १० लाख ३५ हजार ८८४ जनाले यात्रा गरेका छन् । जसमध्ये ५ लाख १४ हजार ६३६ यात्रु काठमाडौं अवतरण गरेका छन् । ५ लाख २१ हजार २४८ जना यात्रु काठमाडौंबाट प्रस्थान गरेका छन् । तीन महिनामा कुल २२ हजार ८४६ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीन महिनामा आन्तरिक हवाई यात्रु

आगमन : ५ लाख १४ हनार ६३६
प्रस्थान : ५ लाख २१ हजार २४८
कुल : १० लाख ३५ हजार ८८४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0