काठमाडौँ । अपि पावर कम्पनीको साधारण सभा आइतबार गते सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको हो।

वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्षदेखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरूलाई सेयर धनीहरू सामु छलफल गर्दै पारित गरेको हो।

सभाले विशेष प्रस्तावको रूपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन्।

यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ। सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए। उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ।

यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

त्यस्तै, अपि पावर कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ।

त्यस्तै,कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना सञ्चालकमा मधुसुदन कोइराला, सञ्जीव न्यौपाने र द्वारिका न्यौपाने नियुक्त भएका छन् भने महिला सञ्चालकमा सिर्जना खड्का नियुक्त भएकी छिन्।

कम्पनीले सभा प्रयोजनका लागि कम्पनीको कार्तिक २ गते एक दिनका लागि सेयरको दर्ता किताब बन्द गरेको थियो। अर्थात् आज कार्तिक १ गते सम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0